arrow

विमानमा बमको धम्कीपछि एयर इन्डियालाई गरियो दिल्लीमा अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
air-india2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ । 

२३९ यात्रू रहेको विमानमा बम रहेको थ्रेटपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिदा विमानमा केही नभेटिएको बताइएको छ ।

सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ