arrow

हलवालाले नेपाली चलचित्रको शो घटाएपछि आक्रोशित हुँदै निश्चल बस्नेतले भने -हलको विकल्पतिर लागेँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
nischal-basnet-actor.jpg

काठमाडौँ । चर्चित फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफू सिनेमा हलको विकल्पमा लागेको बताएका छन् ।

बस्नेतले निर्माण गरेको फिल्म बेहुली फ्रम मेघौली अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दर्शकको राम्रो साथ पाइरहेको यस फिल्म अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।

तर सिनेमा हलहरुले दर्शकको रुची नेपाली फिल्मप्रति हुँदा हुँदै पनि हिन्दी सिनेमालाई बढी शो दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै अब हलको विकल्प खोज्न लागेको बताएका हुन् । 

उनले हिन्दी फिल्मप्रति दर्शकको रुची नहुँदा पनि सिनेमा हलले हिन्दी फिल्मलाई शो दिइरहेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- 'राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईहरु चैँ त्यै हिन्दी फिल्मलाई नै शोज् दिइराख्नु है, अकुपेन्सी आलु हुँदा पनि । म चैँ हलको विकल्पतिर लागेँ ।'

अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित छक्का पन्जा-५, घर ज्वाइँ र १२ गाउँ चलिरहेका छन् । 

बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्नेतर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुँदा सीमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ