arrow

बढ्यो भारत र क्यानाडाबीच तनाव, राजदूतलाई फिर्ता बोलायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
indian-embassy-to-canada.jpg

काठमाडौँ । भारतले क्यानाडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदूत सञ्जयकुमार वर्मालाई फिर्ता बोलाएको छ ।

ट्रुडो सरकारले आफ्ना राजदूतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदूत वर्मालाई फिर्ता बोलाएको हो । भारतले क्यानाडाले निशाना बनाएका राजदूत वर्मासहित अन्य उच्च कूटनीतिज्ञहरुलाई पनि फिर्ता बोलाएको छ ।  

क्यानाडाले राजदूत वर्मामाथिको मुद्दाबारे जानकारी नआए पनि निज्जरको हत्यासँग जोडिएको बताइएको छ । यसबारे भारतले आज क्यानाडाका राजदूतलाई फिता बोलाएको छ ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानाडा सरकारमाथि विश्वास नगर्ने बताउँदै राजदूतमाथि क्यानाडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ ।

विदेश मन्त्रालयले भारत सरकारले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै यी आरोपहरु ट्रुडो सरकारको राजनीतिक एजेन्डा भएको र भोट बैंकबाट प्रेरित रहेको बताएको छ ।

विदेश मन्त्रालयले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए तर क्यानडा सरकारले पटकपटक सोध्दा पनि भारत सरकारसँग एउटा प्रमाण पनि नदिएको र नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको बताएको छ ।

जुन १८, २०२३ को साँझ क्यानाडाको सरे सहरको गुरुद्वाराबाट निस्कने क्रममा हरदिप सिंह निज्जरको गोली हानी हत्या भएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानाडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

त्यसपछि निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए । आरोपी तीनै जना भारतीय नागरिक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ