arrow

माल्दिभ्सका राष्ट्रपतिले खर्च कटौती गर्न हटाए ५० मन्त्री र एक सय ७८ नियुक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
maldives-mohammad-muitzu-president.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारको एजेन्डा घोषणा गर्दै विभिन्न मन्त्री र राजनीतिक नियुक्ति पाएका २२८ जनालाई हटाउने घोषणा गरेका छन् । 

राष्ट्रपति मुइज्जूले विभिन्न सरकारी मन्त्रालयका २ सय २८ राजनीतिक नियुक्तिलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको बताए । 

उनले भनेका छन्, ‘यसमा ७ राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशकहरू समावेश छन् । यसले सरकारी बजेटबाट हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्स मुद्रा) बचत गर्नेछ ।’

पछिल्ला दिनमा माल्दिभ्सले आर्थिक संकट बेहोर्दै आएको छ । हालै विश्व बैंकले पनि माल्दिभ्सले आर्थिक मोर्चामा धेरै चुनौतीहरुको सामना गरिरहेको बताएको थियो । यस्तो अवस्थामा माल्दिभ्सलाई व्यापक आर्थिक सुधारको तत्काल कार्यान्वयन आवश्यक रहेको सुझाव विश्व बैंकले दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ