arrow

जिल्लाले पठाएको क्रियाशील सदस्यलाई निरन्तरता दिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७२ पुष ३ शुक्रबार
congress.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका जिल्ला सभापतिले जिल्लाले पठाएको क्रियाशील सदस्यतालाई निरन्तरता दिन नेतृत्व पङ्क्तिलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले जति धेरै क्रियाशील सदस्यता भयो त्यति नै पार्टीको सङ्गठन हुने बताउनुभयो । 
 
उहाँले आगामी महाधिवेशनमा ७० वर्षभन्दा बढी उमेर भएका व्यक्तिलाई चुनाव लड्न नदिने गरी विधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेस डँडेल्धुराका सभापति कर्ण मल्लले जिल्लाले अनुमोदन गरी केन्द्रमा पठाएको क्रियाशील सदस्यको विषयलाई लिएर केन्द्रमा बहस हुनु लज्जास्पद कार्य भएको बताउनुभयो । 
 
नेपाली काँग्रेस बाग्लुङका सभापति प्रकाश शर्मा पौडेलले अबको महाधिवेशनमा केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस सोलुखुम्बुका सभापति आङ्गेलु शेर्पाले आगामी महाधिवेशनका लागि भनिएका क्रियाशील सदस्यतामध्ये ९० प्रतिशत युवा आएको भन्दै युवालाई अगाडि बढाउन भए पनि क्रियाशील सदस्यमा फेरबदल गर्न नहुने धारणा राख्नुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ