arrow

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बाटोमा हिँड्दा हिँड्दै पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
ajayababu-shiwakoti-03-09.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बाटोमा हिँड्दा हिँड्दै पक्राउ परेका छन् । 

उनलाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । साँझ सवा ६ बजेपछि प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ ल्याएको उनले जानकारी दिए । 

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताए । 

प्रहरीलाई आफूले आफ्ना बारेमा जानकारी दिएको भए पनि दुर्व्यवहार गरेर पक्राउ गरेर मालिगाउँ ल्याइएको बताए । 

सडकमा हिँड्दा हिँड्दै हातको मोबाइल खोसेर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । मोबाइलमा भएका तस्बिरहरु स्थायी रुपमै हटाउन लगाएकोसमेत उनले बताए । 

बालुवाटारको सडकमा बसेर चार जना महिलाले कुर्मीको न्यायका लागि नाराबाजी गरिरहेका थिए ।

शिवाकोटीसहित सात जना पक्राउ परेका हुन् । शिवाकोटीलाई मेडिकल चेकअपका लागि वीर अस्पताल लगिएको छ । उनी आफन्तकोमा  बडादशैँको टीका र जमरा थापेर घर जाँदैथिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ