arrow

प्रहरी प्रवक्ताको कुरा झूटो हो, रुवि खानसहित सबैलाई रिहा गरिएपछिमात्र रिहा हुने मेरो माग छ – शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
ajayababu-shiwakoti-81-6-29.jpg
तस्बिर – मालीगाउँ प्रहरी चौकीमा शिवाकोटी ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रहरी प्रवक्ताले झूटो कुरा फैलाएको आरोप लगाएका छन् । उनले आफूलाई रिहा गरिएको भनी झूटो कुरा फैलाएको बताएका हुन् । 

उनले आफूसँगै पक्राउ परेका अधिकारकर्मीहरु रुवि खानसहित सबै छ जना रिहा भएपछिमात्र आफू हिरा हुने माग गरेका छन् । 

बाटोमा हिँड्दा हिँड्दै उनलाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको थियो । साँझ सवा ६ बजेपछि प्रहरीले बालुवाटारबाट पक्राउ गरेर उनीसहित सात जनालाई मालिगाउँ ल्याएको उनले जानकारी दिए । 

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाईसमेत प्रहरीले पक्राउ गरेको उनले बताए । 

पक्राउ पर्नेमा उनीसँगै अधिकारकर्मीहरु रुवि खान, लक्ष्मण श्रेष्ठ, शिवाकोटीका भाइ विजयबाबु शिवाकोटी, गीता चमार, ललिता थारू र बानी चमार रहेका छन् । 

नेता शिवाकोटीले प्रहरीलाई आफूले आफ्नो परिचय दिएको भए पनि उल्टै दुर्व्यवहार गरेर पक्राउ गरेर मालिगाउँ ल्याइएको बताए । 

सडकमा हिँड्दा हिँड्दै हातको मोबाइल खोसेर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । मोबाइलमा भएका तस्बिरहरु स्थायी रुपमै हटाउन लगाएकोसमेत उनले बताए । 

उनीसहितलाई वीर अस्पतालमा सामान्य मेडिकल चेकअप गरी औपचारिकता पूरा गरी पुनः मालीगाउँ प्रहरी चौकीमा लगिएको थियो । 

यता प्रहरी प्रवक्ताले भने शिवाकोटीलाई नियन्त्रणमा लिनासाथ तत्काल रिहा गरिएको सन्देश दिएको भन्दै शिवाकोटीले आपत्ति जनाएका छन् । 

उनले आफूमाथि दशैँको टीका लगाएर घर फर्कदै गर्दा दुर्व्यवहार गरेर नियन्त्रणमा लिइएको भन्दै अब नियन्त्रणमा लिइएका सबै रिहा नभएसम्म आफू पनि चौकीमै बस्ने अडान कसेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ