arrow

प्रहरीले पक्राउ गरेका सबैलाई छाडेसँगै रिहा भए कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
ajayababu-shiwakoti-81-6-29.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी प्रहरीको नियन्त्रणमा परेको झण्डै तीन घण्टापछि रिहा भएका छन् । 

उनलाई बाटोमा हिँड्दा हिँड्दै बालुवाटारबाट प्रहरीले पक्राउ गरेको थियो । साँझ सवा ६ बजेपछि प्रहरीले बालुवाटारबाट पक्राउ गरेर उनीसहित सात जनालाई मालिगाउँ ल्याएको थियो । 

तर प्रहरी प्रवक्ताले भने उनलाई नियन्त्रणमा लिनासाथ रिहा गरेको भ्रम फैलाएको भन्दै शिवाकोटीले आक्रोश पोखेका थिए । 

उनले आफूसँगै पक्राउ परेका अधिकारकर्मीहरु रुवि खानसहित सबै छ जना रिहा भएपछिमात्र आफू हिरा हुने माग गरेका थिए । 

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाईसमेत प्रहरीले पक्राउ गरेको उनले बताए । 

पक्राउ परेका उनीसँगै अधिकारकर्मीहरु रुवि खान, लक्ष्मण श्रेष्ठ, शिवाकोटीका भाइ विजयबाबु शिवाकोटी, गीता चमार, ललिता थारू र बानी चमार रहेकामा अरुलाई पनि छाडेपछि मात्र शिवाकोटी रिहा भएका हुन् ।  

नेता शिवाकोटीले प्रहरीलाई आफूले आफ्नो परिचय दिएको भए पनि उल्टै दुर्व्यवहार गरेर पक्राउ गरेर मालिगाउँ ल्याइएको बताए । 

सडकमा हिँड्दा हिँड्दै हातको मोबाइल खोसेर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । मोबाइलमा भएका तस्बिरहरु स्थायी रुपमै हटाउन लगाएकोसमेत उनले बताए । 

उनीसहितलाई वीर अस्पतालमा सामान्य मेडिकल चेकअप गरी औपचारिकता पूरा गरी पुनः मालीगाउँ प्रहरी चौकीमा लगिएको थियो । 

यता प्रहरी प्रवक्ताले भने शिवाकोटीलाई नियन्त्रणमा लिनासाथ तत्काल रिहा गरिएको सन्देश दिएको भन्दै शिवाकोटीले आपत्ति जनाएका छन् । 

उनले आफूमाथि दशैँको टीका लगाएर घर फर्कदै गर्दा दुर्व्यवहार गरेर नियन्त्रणमा लिइएको भन्दै अब नियन्त्रणमा लिइएका सबै रिहा नभएसम्म आफू पनि चौकीमै बस्ने अडान कसेका थिए ।

अन्ततः प्रहरीले राति सबैलाई छाड्न बाध्य भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ