arrow

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियाको पोष्टमा हान्यो आधा दर्जन गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
argentina-football-messi-24-10-16.jpg

काठमाडौँ । अर्जेन्टिनाले बोलिभियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए भने लाउतारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो अल्माडाले एक एक गोल गरेका थिए ।

यस खेलमा मेस्सीले २ गोल असिस्ट गरेका थिए । मेस्सीले राष्ट्रिय टिमका लागि अहिलेसम्म ५७ गोल असिस्ट गरेका छन् । त्यस्तै मेस्सीले यस खेलमा तीन गोल गरेसँगै उनको राष्ट्रिय टिमका लागि कुल गोल संख्या ११२ पुगेको छ । त्यस्तै उनको करियरको गोल संख्या ८४६ पुगेको छ ।

यो जितपछि अर्जेन्टिना विश्वकप छनोटमा १० खेलमा २२ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै बोलिभियाको १० खेलमा १२ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।       

बिहान भएका अन्य खेलमा कोलम्बियाले चिलीलाई ४–० ले, पाराग्वेले भेनेजुएलालाई २–१ ले, ब्रजिलले पेरुलाई ४–० ले हरायो भने उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् । 

कोलम्बिया १९ अंकसहित दोस्रो स्थानमा रहेको छ । उरुग्वे र ब्रजिल समान १६ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । 

१३ अंकसहित इक्वेडर र पाराग्वे पाँचौँँ र छैटौँ स्थानमा छन् । बोलिभिया १२ अंकसहित सातौँ स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ