- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।
दुई पटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो । उनका सहयोगीका अनुसार उनलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ ।
सुफी युसोफले भनिन्, “अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ।”
उनले भनिन्, “उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।”
महाथिर जुलाइदेखि ९९ वर्ष लागेका थिए । हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।
यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उनले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराएका थिए ।
सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाको राष्ट्रिय नेता (प्रधानमन्त्री) को जिम्मेवारी सम्हाल्ने महाथिर चौथो व्यक्ति थिए ।
उनले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।