arrow

मस्कले अहिलेसम्म सात करोड ५० लाख डलर खर्चे ट्रम्पको चुनावलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
trump-musk-24r.jpg

काठमाडौँ । एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सात करोड ५० लाख डलर सहयोग गरेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेका हुन् ।

सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो । मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका हुन् ।

मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए । तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ ।

हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो ।

अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।

रिपब्लिकन पार्टीबाट ट्रम्प चुनावी मैदानमा छन् । ट्रम्पले आफूले चुनाव जितेमा मस्कलाई आफ्नो सरकारमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत यसअघि नै घोषणा गरिसकेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ