arrow

विश्रामरत शान्ति प्रक्रियाले गति लिँदै

शीर्ष तीन दलबीच सत्य निरुपण आयोग गठन गर्न सर्च कमिटीलाई तत्काल पूर्णता दिने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
oli-deuba-prachanda-81-7-1.jpg

काठमाडौँ । शीर्ष तीन राजनीतिक दलहरु सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठकले सो सहमति गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थिए । 

बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेता बस्नेतले बताए । 

छलफल शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा सम्बन्धित रहेको उनले बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा शीर्ष तीन दलका नेताहरु सहमत भएको बताए । 

नेता बस्नेतले एक–दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा शुरु हुने बताए । सर्च कमिटीले पूर्णता प्राप्त गरेको निश्चित समयभित्र आयोग गठन टुंगिनुपर्ने कानूनी व्यवस्थाअनुसार निर्धारित समयभित्रै आयोगले पूर्णता प्राप्त गर्ने बताए । 

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसक्ने आयोग गठन हुने विश्वास व्यक्त गरे । २०६३ साल मंसिरमा वृहत शान्ति सम्झौता भए पनि अहिलेसम्म शान्ति प्रक्रिया टुंगोमा पुगेको छैन । पीडित न्याय नपाएर झन् पीडित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ