arrow

विपक्षी दलहरुको बैठक

सरकारले जनसरोकारका काम नगरे संसदको विशेष अधिवेशन बोलाउन आह्वान गर्ने निर्णय [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
opposition-parties-meeting-.jpg

काठमाडौँ । सत्ता बाहिर रहेका प्रतिपक्षी दलहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् ।

नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमासमेत छलफल भएको बताए ।

उनले भने, ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आह्वान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।’

बैठकमा नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यादेश जारी गर्ने तयारी गरेको र सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको विषयमासमेत छलफल भएको बुझिएको छ ।

महन्थ ठाकुर विपक्षी दलको बैठकमा जाँदा सत्ता गठबन्धनमा तरंग
यता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् । ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री रहेका छन् । 

विपक्षी दलहरुको बैठकमा ठाकुरको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकारमा सहभागी भएर पनि ठाकुर प्रचण्डले बोलाएको बैठकमा सहभागी जनाएर सरकारप्रतिको असन्तुष्टि पोखेको रुपमा बुझिएको छ ।

यस घटनालाई सत्ता गठबन्धनबीच तरंग पैदा भएको छ । यसले सत्ता गठबन्धन तलमाथि नहुने भए पनि गठबन्धनमा सबै कुरा ठीक नभएको रुपमा बुझिएको छ । 

opposition-parties-meeting-81-7-2 (5).jpg
opposition-parties-meeting-81-7-2 (6).jpg
opposition-parties-meeting-81-7-2 (7).jpg
opposition-parties-meeting-81-7-2 (1).jpg
opposition-parties-meeting-81-7-2 (2).jpg
opposition-parties-meeting-81-7-2 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ