- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिकी फुटबल क्लब इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको छ ।
इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६–२ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेपछि २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको हो ।
यस खेलमा इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । मेसीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन् । त्यस्तै लुइस सुवारेजले २ गोल गरेका थिए ।
यसका साथै इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ । ३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ । योसँगै एमएलएसको रेगुलर सिजन पनि सकिएको छ र इन्टर मियामीले उपाधि जितेको छ ।
फिफा अध्यक्ष गियान्नी इन्फानटिनोले इन्टर मियामी फिफा क्लब विश्वकपमा छनोट भएको जानकारी दिएका छन् ।