arrow

इटालीकी प्रधानमन्त्री लेबनान भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
italian-pm.jpg

काठमाडौँ । इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले हिजबुल्लाह–इजरेली द्वन्द्वमा फसेका लेबनानी जनतालाई समर्थनको सन्देश दिन लेबनानको भ्रमण गरेकी छन् । 

लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मेलोनीले लेबनानमा आफ्नो उपस्थितिको उद्देश्य द्वन्द्वका परिणामबाट पीडित नागरिकप्रति ऐक्यवद्धता र निकटता व्यक्त गर्नु रहेको बताइन् । 

आफ्नो पक्षका लागि मिकातीले इजरेललाई युद्धविराम गर्न, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न, संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव १७०१ लागू गर्न र लेबनानी सार्वभौमसत्ताको कुनैपनि उल्लङ्घन बन्द गर्न इजरेललाई आग्रह गरिन्। 

उनले युनिफिल सेनासँगको सहकार्यमा आफ्नो कर्तव्य पूरा गर्न दक्षिणमा सेनाको उपस्थितिलाई बलियो बनाउन सरकारको तयारीमा जोड दिइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ