arrow

रवि लामिछानेलाई म्याद थपका लागि लेकसाइड घुमाएर अदालत पुर्‍याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
ravi-court-81-7-4a.JPG

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

शनिबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो ।

उनलाई लेकसाइडबाट घुमाएर अदालत उपस्थित गराइएको हो । सिधा बाटोमा अबरोध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रविलाई अर्को बाटो प्रयोग गरेर अदालत पुर्याइएको हो ।

दिउँसो ३ बजे अदालत ल्याउने भनिए पनि प्रहरीले दिउँसो १ः३० बजे नै अदालत पुर्याएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरबाट कार्यकर्ता उतारेर पोखरामा विरोध प्रदर्शन गरिरहेको छ

रास्वपाले शनिबार पनि पोखरा, काठमाडौँलगायतका शहरमा विरोध प्रदर्शन गरेको थियो भने पोखरामा शक्ति प्रदर्शनको अभ्यास गरेको थियो ।

रास्वपाले आज पनि पोखराको शहीदचोकमा प्रदर्शन गरेको छ । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरु समेत सहभागी छन् ।

यता, सहकारी पीडितहरु राष्ट्रबैंकचोकमा प्रदर्शन गरिरहेका छन् । दुवै समूहको प्रदर्शन स्थलको दूरी करिब ५० मिटरको मात्र फरक छ ।

जिल्ला प्रशासनले निषेधाज्ञा लगाए पनि प्रदर्शनकारीले अटेर गरेर प्रदर्शन गरिरहेका छन् ।

दुवै समूहको प्रदर्शनबाट अप्रिय घटना हुन नदिन नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । कास्की प्रहरी प्रमुख यामबाबु ओलिया आफै मैदानमा खटिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ