arrow

नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
baburam-bhattrai-nsp.jpg

पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा हुने भएको छ । कार्यक्रम यही कात्तिक ५ र ६ गते पोखरामा हुने पार्टीका केन्द्रीय संयोजक डा भट्टराईले जानकारी दिए ।

अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्ने उनले बताए । अधिवेशनमा देशभरबाट चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइन्छ ।

अधिवेशनमा भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । प्रतिवेदनमा नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्ने विषय समावेस हुने र यी विषयवस्तुबारे गहन छलफल गरिने उनले बताए ।

साथै वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिकऔराजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धता, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीति, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ वैकल्पिक शक्ति निर्माण र समुन्नत समाजवादको अपरिहार्यता लगायतका विषय सूची अधिवेशनमा छलफल हुने भएको साे पार्टीले जनाएको छ । अधिवेशनपछि तीन तहमै पार्टी निर्माण र अभियानमा लाग्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा डा. भट्टराईले माओवादी त्यागेपछि नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादीसम्म आइपुग्दा वैकल्पिक राजनीतिको अभ्यास गरेको र अब चाहिँ असली वैकल्पिक पार्टी कस्तो हुन्छ भनेर देखाउने बताए ।

देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदल र पछौटेपन हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जरुरी भएको भन्दै उनले शासन प्रणालीमा परिवर्तन नगरी देशको विकास र समृद्धि सम्भव नहुने विचार राखे ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको बिषयमा निर्दोष भए फसाउन नहुने र दोषी ठहर भए उम्कन नहुने उनले बताए ।

उनले भने, ‘रविजी वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको छ, उहाँको राम्रो होस् भन्ने कामना गर्छु, जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभए पनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसक्नुभएको हुनाले उहाँप्रति मेरो पूर्ण सहानुभूतिका साथ यसलाई उहाँले पार गर्नुहुनेछ, यो प्रक्रियालाई टुंग्याउँछु भन्नुभएको छ भन्ने लाग्छ ।’

उनले लोकतन्त्रमा विधिको शासन हुने भएकाले ठूलो सानो जो भए पनि दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीको धारणा चाहिँ के हो भने लोकतन्त्र भनेको विधिको शासन हो, पारदर्शिता हुनुपर्छ, विधिको शासनमा चल्नुपर्छ, ठूलो सानो जो कोही भए पनि कसैलाई पनि अन्याय गर्न मिल्दैन, कोही निर्दोष छ भने फसाइनु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ