arrow

चित्रबहादुर केसी भन्छन् – रवि लामिछानेको पक्राउ सही छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
chitrabahadur-kc-parliament.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे समर्थन गरेको छ । आइतबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको गिरफ्तारी सही भएको बताउँदै यस प्रकरणमा संलग्न अन्यमाथि पनि सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ ।’

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याइ अनुसन्धान प्रक्रिया अगाडि बढेको छ । 

आइतबार कास्की जिल्ला अदालतले उनीमाथि थप अनुसन्धान गर्न छ दिनको समय दिएको छ । उनलाई प्रहरीले ६ दिन हिरासतमा राखेर सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ