arrow

डलरमा संकट बढेपछि माल्दिभ्सले स्थानीय मुद्रामा मात्र कारोबार गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
maldives-mohammad-muitzu-president.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । डलर संकटको सामना गरिरहेको माल्दिभ्सले नयाँ विदेशी विनिमय नियम लागू गरेको छ । यस अन्तर्गत माल्दिभ्समा लेनदेन स्थानीय मुद्रामा मात्र गर्ने भएको छ । विदेशी मुद्रामा हुने कारोबारहरू निर्यात जस्ता निश्चित सेवाहरूमा सीमित हुनेछन् ।

पर्यटकीय प्रतिष्ठान र बैंकहरूमा अनिवार्य विदेशी मुद्रा नियन्त्रण गरिएको छ । माल्दिभ्सको केन्द्रीय बैंक माल्दिभ्स मौद्रिक प्राधिकरणले आयात बिलसँग विदेशी मुद्रा सञ्चिति नमिलेको कारण अक्टोबर १ मा नयाँ नियम लागू गरेको थियो ।

गत वर्ष राष्ट्रपति मोहमद मोइज्जूले इन्डिया आउट अभियान शुरु गरेपछि ठूलो संख्यामा माल्दिभ्स पुग्ने भारतीय पर्यटकको संख्या घटेको थियो । जसको कारण माल्दिभ्समा संकट बढेको बताइएको छ ।

राष्ट्रपति मोइज्जूले आर्थिक सुधार गर्न गत साता मात्र करिब ५० मन्त्रीसहित दुई सयभन्दा बढी राजनीतिक नियुक्ति पाएकाहरुलाई हटाउने निर्णय गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ