arrow

बङ्गलादेशमा डेंगीका बिरामी ५० हजार नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
dengue--ji-ha.jpeg

काठमाडौँ । बङ्गलादेशमा अक्टोबरमा ८४ डेंगीसम्बन्धी मृत्यु रेकर्ड गरिएको छ । यो यस वर्ष डेंगीका कारण सबैभन्दा बढी मासिक मृत्युको सङ्ख्या हो ।

स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा एक हजार दुई सय ९८ नयाँ डेंगीको मामिला पुष्टि भएका घटनाहरू रिपोर्ट गरेको छ । यो सङ्ख्यासँगै यस महिनाको कूल सङ्ख्या १८ हजार नौ सय ४२ पुगेको छ ।

डिजिएचएसले आइतबार थप छ जनाको मृत्युको पुष्टि गरेको छ । यस वर्ष बङ्गलादेशमा डेंगीका कारण मृत्यु हुनेको कूल सङ्ख्या दुई सय ४७ पुगेको छ ।

डेंगीको थप फैलावट रोक्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र एन्टी–लार्भाल अपरेशनहरू सञ्चालन गर्ने उपायहरूलाई बलियो बनाएका छन् ।

बङ्गलादेशमा सन् २०२३ मा डेंगीका कारण एक हजार सात सय तीन जनाको मृत्यु भएको थियो । जुन सबैभन्दा बढी वार्षिक मृत्युको सङ्ख्या हो । 

त्यसको तुलनामा सन् २०२२ मा दुई सय ८१ र सन् २०१९ मा एक सय ७९ जनको डेंगीका कारण मृत्यु भएको रिपोर्ट गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ