arrow

भारतीय विमान कम्पनीलाई बम आतंकले ध्वस्त बनाइँदै, कहाँबाट भइरहेछ यस्तो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
indigo-866x487.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पछिल्ला आठ दिनदेखि भारतीय विमान कम्पनीहरुको निद्रा हराम भइरहेको छ । ठूलाजसो सबै विमान कम्पनीले बम भएको धम्की खेप्दै आएका छन् । 

पछिल्लो आठ दिनमा एक सय २० भन्दा बढी विमानमा बमको हमला गर्ने धम्की आइसकेको छ । सोमबार रातिसमेत ३० विमानलाई फेरि बम पड्काएर ध्वस्त पार्ने धम्की आएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगो, विस्तारा र एयर इन्डियाका आन्तरिक तथा अन्तर्राष्ट्रिय फ्लाइसलाई बमले उडाउने धम्की आएको छ । 

इन्डिगोका प्रवक्ताले सोमबारमात्रै चार उडानमा सुरक्षासम्बन्धी खतरा आएको बताए । विस्तारा र एयर इन्डियाका प्रवक्ताहमरुले पनि सोमबार केही उडानमा बम राख्ने धम्की सामाजिक सञ्जालबाट आएको बताए । 

नागरिक उड्डयन मन्त्री राममोहन नायडूले धम्की झूटा भए पनि आफूहरुले यसलाई बेवास्त ागर्न नसकने बताए । उनले यसविरुद्ध कडा कानून ल्याउनेसमेत बताएका छन् । 

अहिलेसम्म यतिधेरै धम्की कहाँबाट आइरहेको छ भन्ने पत्ता लगाउन सुरक्षा निकाय सफल भएको छैन । 

यसरी धम्की दिनेहरुको नाम ‘नो फ्लाइट लिष्ट’ मा सामेल गर्न सकिने बताइएको छ । 

यो धम्कीलाई लिएर केन्द्र सरकारले चार वटा कारबाही अगाडि सारेको छ । पहिलो– एयर मार्शलको संख्या दोब्बर गरिएको छ । दोस्रो –यात्रुको असुविधा र एयरलायन्सलाई पुगेको क्षतिबारे कुराकानी भएको छ । 

तेस्रो–केन्द्रले गत शनिबार डीजीसीए प्रमुख विक्रम देव दत्तलाई पदबाट हटाएको छ । उनलाई कोइला मन्त्रालयको सचिव बनाइएको छ । 

चौथो – मुम्बई र कोच्चीबाट दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

यस्तो धम्कीले गर्दा विमान कम्पनीले कम्तीमा दुई अर्ब भारुको नोक्सानी बेहोरेका छन् । 

अहिलेसम्म कुनै पनि धम्की दिने समूह सामुन्ने आएको छैन । कुनै पनि समूहको माग पनि बाहिर आएको छैन । भारतीय विमान कम्पनीमाथि ठूलै गिरोहको छायाँ परेको आशंका गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ