arrow

वायनाडबाट चुनाव लड्दै प्रियंका गान्धी, उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
priyanka-gandhi-rahul-gandh.jpg

काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ प्रियंका गान्धीले केरलाको वायनाड लोकसभा सीटको उपचुनावका लागि उम्मेदवारी दर्ता गरेकी छिन् ।

यस वर्ष भएको लोकसभा चुनावमा प्रियंकाका भाइ सांसद राहुल गान्धीले वायनाड सीट जितेका थिए। राहुल गान्धीले जितेको रायबरेली सिट रोजेपछि वायनाड सिट खाली भएको थियो ।

वायनाड सीटको लागि नोभेम्बर १३ मा मतदान हुनेछ र मतगणना नोभेम्बर २३ मा हुनेछ।

प्रियंका गान्धीको मनोनयनका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे र अमेठीका सांसद केएल शर्मालगायत ठूला नेताहरु वायनाड पुगेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ