arrow

पाँच वर्षपछि मोदी–सी वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
modi-xi-24-10-23.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्धिपक्षीय वार्ता भएको छ । बुधबार रुसको कजान सहरमा दुवैबीच वार्ता भएको हो । 

यो वार्ता पाँच वर्षपछि सम्भव भएको हो । दुवै नेताहरुबीच सीमा विवादलाई तत्काल समाधान गर्ने तथा आपसी सहयोग र आपसी विश्वास बनाइराख्ने विषयमा छलफल भएको छ । 

सन् २०२० मा गलवानमा भएको भारतीय र चिनियाँ सेनाबीचको झडपपछि पहिलो पटक दुवै नेताबीच द्धिपक्षीय वार्ता भएको हो । 

वार्ता ५० मिनेट भएको मोदीले बताएका छन् । मोदीले भने, ‘सीमामा शान्ति र स्थिरत बनाइराख्ने विषयउमा हाम्रो प्राथमिकता हुनुपर्छ । आपसी सम्मान र आपसी संवेदनशीलता हाम्रो सम्बन्धको लक्ष्य बनिरहनु पर्छ । मलाई विश्वास छ कि हामी खुला मनले छलफल गर्नेछौँ र हाम्रो चर्चा संरचनात्मक हुनुपर्छ । 

मोदीले पाँच वर्षपछि औपचारिक रुपले वार्ता गरेको र पछिल्लो चार वर्षमा पैदा भएको समस्यामा जो सहमति बनेको छ त्यसको स्वागत गरेको बताए । सीमामा शान्ति बनाइराख्नु आफूहरुको प्राथमिकता हुनुपर्नेमा मोदीको जोड छ । 

जवाफमा राष्ट्रपति सीले भने, ‘दुवै देश आफ्नो मतभेदलाई सही तरिकाले सम्हाल्नुपर्छ । हामीले आफ्नो विकासको सपना साकार गर्न सञ्चार तथा आपसी सहयोग मजबुत गराउनु पर्छ । भारत र चीनको सम्बन्ध स्थिर बनाइराख्न एक आपसमा मिलेर काम गर्नुपर्छ जसले दुवै देशको विकास लक्ष्य पूरा गर्न मद्धत पुग्नेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ