arrow

एयरोस्पेस कम्पनीमा आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
turkish-airlines.jpg.jpeg

काठमाडौँ । अङ्कारा नजिकै रहेको टर्किश एयरोस्पेस इन्डस्ट्रिज (टिएआई) को मुख्यालय बाहिर भएको ठूलो विस्फोटमा केही मानिसहरू ‘मृत र घाइते’ भएको टर्किएका गृहमन्त्रीले बुधबार बताएका छन् । उनले यसलाई ‘आतङ्कवादी आक्रमण’ भनेका छन् । 

“टर्किश एयरोस्पेस इन्डस्ट्रिजविरुद्ध आतङ्कवादी आक्रमण भएको छ... दुर्भाग्यवश, हाम्रा शहीदहरू र घाइतेहरू छन्”, गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा लेखे ।

स्थानीय सञ्चार माध्यमले प्रसारण गरेको घटनास्थलको फुटेजमा सुरुमा धुवाँको ठूलो मुस्लो र स्थलमा ठूलो आगलागी भइरहेको देखाएको थियो । घटना अङ्काराबाट करिब ४० किलोमिटर उत्तरमा रहेको कहरमानकजान नामक सानो शहरमा भएको हो ।

हाबरटर्क टिभीले थप विवरण नदिई ‘बन्धक परिस्थिति’ जारी रहेको बताएको छ भने निजी एनटिभी टेलिभिजनले अपराह्न करिब ४:०० बजे (१३०० जिएमटी) भएको विस्फोटपछि गोली चलेको जनाएको छ ।

आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन ।

यो विस्फोट इस्तानबुलमा रक्षा र एयरोस्पेस उद्योगहरूको प्रमुख व्यापार मेला भइरहेको बेला भएको हो । मेलामा यस हप्ता युक्रेनका शीर्ष कूटनीतिज्ञले भ्रमण गरेका थिए ।

आफ्नो बायरक्तार ड्रोनहरूका लागि व्यापक रूपमा परिचित टर्किएको रक्षा क्षेत्रले देशको निर्यात राजस्वको करिब ८० प्रतिशत हिस्सा ओगट्छ र २०२३ मा यसको राजस्व १० अर्ब २० करोड डलर नाघ्ने अपेक्षा गरिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ