arrow

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

मंगलबार र बुधबार सरकारी वकीलसमक्ष बयान, बयान अझै नसकिएपछि आज थप केही दिन म्याद थप हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
ravi-arrest-pokhara-81-7.jpg

पोखरा । सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज दोस्रो पटक कास्की जिल्ला अदालतमा पेस गर्दैछ ।

कास्की प्रहरीले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको हो । पहिलो पटक थपिएको ६ दिनको म्याद सकिए पनि बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो ।

उनी कात्तिक २ गते शुक्रबार साँझ काठमाडौँस्थित रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनलाई शनिबार बिहान पोखरा ल्याइएको थियो ।

उनलाई आइतबार अदालत पेस गर्दा ६ दिन म्याद थप भएको थियो । मंगलबार र बुधबार उनले सरकारी वकीलसमक्ष बयान दिएका थिए ।

उनको बयान अझै नसकिएपछि आज थप केही दिन म्याद थप हुने सम्भावना छ । कास्कीमा उनीमाथि सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको छ ।

उनको नाम अन्य केही सहकारीसँग पनि जोडिएकाले बयानका लागि रुपन्देही र अन्य जिल्ला प्रहरी कार्यालयमा पनि लगिने सम्भावना छ ।

एउटै प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् । उनी असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

लामिछाने पक्राउ परेकै दिन उनीमाथि २० दिन म्याद थप भएको थियो । यही बीचमा उनलाई बयानका लागि रुपन्देही लगिएकामा बुधबार कास्कीमै फर्काइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ