arrow

गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
gagan-thapa-vijay-chauthaiw.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।

हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले बिहीबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । थौथाइवालेले सामाजिक सञ्जाल एक्समा यसबारे जानकारी दिएका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रममाथि चर्चा परिचर्चा भएको बताइएको छ । 

महामन्त्री थापा नयाँदिल्लीमा भएको एसियाली जलवायु परिवर्तनको शिखर सम्मेलनमा सहभागी हुन दिल्ली गएका हुन् । उनले बुधबार नै शिखर सम्मेलनमा सम्बोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ