- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताएका छन् । जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूले आन्दोलनबाट तानाशाह हटाएको र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताए ।
उनले अहिलेको लोकतन्त्र समावेशी रहेको उल्लेख गरे । उनले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकता औँल्याए । उनले तराईको जङ्गल मासिँदै गएको उल्लेख गर्दै पानी सकिएपछि कहाँबाट ल्याउने भन्दै प्रश्न गरे ।
उनले भने, ‘हामीले तानाशाहलाई हटायाँै । संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । लोकतन्त्रमा छौँ । समावेशी लोकतन्त्र छ । यसलाई व्यवस्थित गरेर लैजानुपर्छ । र शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्याउनुपर्छ । प्रकृति नरहे हामी रहँदैनौँ । तेल त हामी भारततिरबाट ल्याउँछौँ । तर पानी जुन दिन सकिन्छ, पानी कहाँबाट ल्याउने ? तराईको जङ्गल मासिरहेको छ ।’