- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानको केन्द्रीय कार्यालयबाट भएका व्यापक अनियमितताप्रति आपत्ति जनाएका छन् ।
संघको केन्द्रीय समितिको मंगलबार सम्पन्न जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष धमलाले संस्थानमा व्यापक अनियमितता र कर्मचारीमाथि हुने गरेका विभेदप्रति आपत्ति जनाएका हुन् । उनले संस्थानमा ठूला अनियमिमता हुने गरेको भन्दै यसले संस्थान धराशायी हुँदै गएको बताए ।
विकृति, विसंगतिप्रति खबरदारी गर्दै संस्थानलाई बचाउन कर्मचारी नै अग्रसर हुन आवश्यक रहेको उनले धारणा राखेका थिए ।
बैठकमा सहभागी अधिकांशले व्यवस्थापन लाचारी हुँदा संस्थान बन्धक भएको भन्दै आपत्ति जनाए । उनीहरुले संस्थानलाई कमजोर बनाउने समूहलाई खबरदारी गर्न ढिला भएको, अनियमिततालाई भण्डाफोर गर्न संघले अगुवाई गर्नुपर्ने, आम कर्मचारीको हितका लागि अन्तिम लडाइँ लड्नुपर्नेमा जोड दिएका थिए ।
संस्थानको व्यवस्थापनले स्वार्थ पूरा गराउन पुरानो विनियमावली टेकेर काम गरिरहेको उनीहरुको आरोप थियो । केही वक्ताले कर्मचारी सेवाशर्त विनियमावलीमाथि भएको राजनीतिलाई बन्द गराउन संस्थानमा क्रियाशील अन्य युनियनसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिएका थिए ।
बैठकमा सल्लाहकार महेशराज भट्टराई र विष्णुप्रसाद रेग्मीले संघले अगुवाई गरेर सबैलाई साथमा लिएर अघि बढ्ने दिन आएको बताए ।
संघको वर्तमान नेतृत्वले विनियमावली ल्याउन नसक्दा संस्थान कमजोर भएको भन्दै उनले यसबारे बेलैमा सोच्नुपर्नेमा जोड दिए ।
संघका वरिष्ठ उपाध्यक्ष राजु बस्नेत, उपाध्यक्ष सरजुन केसी, सचिव अजयकुमार प्रसाद, सुरेन्द्रकुमार पाण्डेय, केन्द्रीय सदस्य प्रेम वली, नवराज भट्ट, हरि अधिकारी, अनुभा अर्याल, अनिल शर्मा सुवेदी, दयाराम सापकोटा, विरेन्द्रकुमार सिंहलगायतले संस्थामा भएका अनियमतताप्रति चुप लागेर बस्न नहुने बताए ।
बैठकमा कोषाध्यक्ष शान्तिकुमारी ज्ञवाली, गणेश साह, राजेश बर्मा, विनिता श्रेष्ठ, रोशन पोख्रेल, तारीप्रसाद भट्टराई, इन्द्रराज पाण्डेलगायतले बोलेका थिए ।
संघका अध्यक्ष धमलाको अध्यक्षतामा भएको बैठक महासचिव पदमहरि राईले सञ्चालन गरेका थिए ।
उक्त अवसरान संघका उपाध्यक्ष सुधिरकुमार सिंहको उमेर हदका कारण अनिवार्य अवकाश भएकोमा दीर्घजीवनको कामना गरिएको थियो ।