arrow

सहकारी ठगीमा प्रमाण भेटिए कांग्रेस उपसभापति गुरुङमाथि कारबाही हुने गृहमन्त्री लेखकको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
ramesh-lakhak-homeminister.jpg

पोखरा । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा प्रमाण भेटिए नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि कारबाही हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले गुरुङमाथि अनुसन्धान हुने र प्रमाण भेटिए कारबाही हुने स्पष्ट पारे ।

तथ्य र प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको भन्दै उनले सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने स्पपष्ट पारे । सरकारले कसैको मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर अनुसन्धान तथा कारबाही गर्ने उनको भनाइ छ ।

रवि लामिछानेको प्रसंगमा गृहमन्त्री लेखकले रवि एक व्यक्तिलाई मात्र अनुसन्धानको दायरामा नल्याएको भन्दै संसदीय छानविन समितिले अनुसन्धान गरेर कारबाही सिफारिस गरेका सबै व्यक्ति अनुसन्धानको दायरामा आइसकेको स्पष्ट पारे ।

संसदीय समितिले अनुसन्धान गरेर कारबाही गर भनेर जीबी राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेलको नाम सिफारिस गरेको भन्दै गृहमन्त्री लेखकले जीबी राई बाहिर भए पनि रवि र छविलाई अनुसन्धानको दायरामा ल्याइएको बताए ।

उनले सरकारले सहकारी ठगी, अपचलन, हिनामिना र संगठित अपराधका दोषीलाई कारबाही गर्ने मात्र नभएर सहकारीको बचत फिर्ता गर्नेसमेत स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ