arrow

एकीकृत घुम्ती शिविरबाट १७ हजार पशुको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
garsi-cow.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको पशु सेवा शाखाले एकीकृत घुम्ती शिविरबाट १७ हजार बढी पशुलाई उपचार सेवा प्रदान गरेको छ । 

गाउँपालिकाले गत असोज ६ गतेदेखि कात्तिक १२ गतेसम्म सातवटै वडामा गरेको शिविरबाट १७ हजार एक सय ९४ पशुलाई उपचार सेवा प्रदान गरेको हो ।

शिविरबाट पशुलाई परजीवीको उपचार र नियमित रुपमा खुवाउनुपर्ने जुका, माटेको औषधि खुवाइएको पशु सेवा शाखाका पशु चिकित्सक डा विनय शाहले जानकारी दिए । 

शिविरमा कुकुर, बिरालोलाई रेबिज विरुद्धको खोपसमेत लगाइएको थियो भने गोबर परीक्षण, बन्ध्याकरण सेवा प्रदान गरिएको शाहले बताए । शाहका अनुसार शिविरमा एक हजार तीन सय ३३ कृषक लाभान्वित भएका छन् । 

शिविरमा तीन सय ७७ गाइगोरु, छ सय ३३ भैँसी, पाँच हजार छ सय ८० बाख्रा, पाँच सय १८ सुङ्गुर÷बङ्गुर, नौ हजार आठ सय २६ कुखुरा, एक सय ४१ कुकुर बिरालो र १९ हाँसलाई उपचार गरिएको शाहले बताए । 

शिविरमा ५१ कुकुर र दुई बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ भने ७८ पशुको गोबर परीक्षण र एक सय २० पशुको बन्ध्याकरण गरिएको डा शाहले बताए । 

डा शाहले भने, “पशुको उपचारका लागि कृषकले गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने अवस्था थियो । गाउँपालिकाले प्रत्येक वडामै पुगेर कृषकलाई सेवा दिँदा उनीहरुलाई सहज भएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ