arrow

भाइटीका लगाउन बालगोपालेश्वर मन्दिर दिनभर खुला 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १८ आइतबार
ranipokhari-balgopaleshwor-2081.jpg.jpg

काठमाडौँ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला रहेको छ । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको  दिनमात्र भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ । 

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् 

। भाइटीकाकै लागि मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको छ । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । 

भाइटीकाको शुभ साइत बिहान ११ः३७ बजे भए पनि बालगोपालेश्वर मन्दिर भने बिहानै खुलेसँगै टीका लगाउने घुइँचो छ । 

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानै भाइटीका [फोटोफिचर]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ