arrow

अमेरिकामा राष्ट्रपतिको निर्वाचन मंगलबार, ट्रम्मलाई उछिनिन् ह्यारिसले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १८ आइतबार
harris-trump.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदैछ । पछिल्लो सर्वेक्षण अनुसार कमलादेवी ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् ।

५३८–एबीसी न्यूजको नयाँ सर्वेक्षण अनुसार कमला ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखिएको छ । सर्वेक्षणमा कमला ह्यारिसको ४८ प्रतिशत र ट्रम्पको ४७ प्रतिशत रहेको छ ।

कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि रहेको देखिएको छ ।

यी राष्ट्रिय सर्वेक्षणहरूले देशभरि उम्मेदवार कति लोकप्रिय छन् भनेर मात्र जान्न सकिने र चुनावी नतिजाको भविष्यवाणीको रुपमा भने बुझ्न नहुने सर्वेक्षण गर्दा भनिएको छ ।

किनभने अमेरिकामा एक इलेक्टोरल कलेज प्रणाली प्रयोग गरिन्छ, जसमा प्रत्येक राज्यलाई जनसंख्याको आधारमा निश्चित संख्यामा मत दिइन्छ । कुल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ । अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैं एउटै पार्टीको पक्षमा मतदान गर्छन् ।

दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन् । यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ । अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ