arrow

कांग्रेसको सय दिने अभियान सफल पार्न काठमाडौँ २ लाई सिटौलाको निर्देशन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
krishna-sitaula-81-7-20.jpg

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको सय दिने अभियानलाई सफल पार्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस क्षेत्र नं २ को बैठकमा उनले कांग्रेसको अभियान सफल पार्न हरेक तह र तप्का लाग्नुपर्ने बताएका हुन् । 

बैठकमा काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले पनि जुनसुकै माध्यमबाट भए पनि कांग्रेसलाई जनजनमा पुगेर आफ्ना कुरा राख्ने राम्रो अवसर भएको भन्दै सफलताका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए । 

पार्टीको १०० दिने अभियानको प्रमुख आकर्षण रहेको विषयमा बैठक बसेको हो । बैठकमा १०० दिने अभियान अन्तर्गत विभिन्न बुँदाहरुको बारेमा छलफल भएको हो ।

वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउने, नागरिकको मुलभूत समस्या, क्रियाशील सदस्य नवीकरणको विषयमा १०० दिने अभियान पूर्ण सक्रियताका साथ सफल बनाउनुपर्ने आवाज बैठकमा चलेको थियो । 

बैठकमा संविधानसभा सदस्य दीपक कुइँकेल ,नगरप्रमुख उपेन्द्र कार्की ,पार्टी काठमाडौं जिल्ला सचिव गोविन्द पुडासैनी ,महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि, नगर सभापति, इकाइ सभापति एवं भ्रातृ संगठनका केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राखेका थिए । 

भ्रातृु संगठनको तर्फबाट नेपाल महिला संघ काठमाडौं क्षेत्र नं २ की सभापति अमला थापा, नेपाल तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेल, नेपाल विध्यार्थी संघ केन्द्रीय सदस्य सन्तोष चौलागाईले धारणा राखेका थिए । 

बैठक क्षेत्रीय सभापति कविर शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । 

cong2a.jpg
cong2b.jpg
cong2c.jpg
d.jpg
e.jpg
f.jpg
g.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ