arrow

अहिलेसम्म महिला राष्ट्रपति नपाएको मुलुक

अमेरिकी राष्ट्रपति चुनाव: १७ राज्यको नतिजा आउँदा ट्रम्पलाई १० राज्यमा सफलता 

कुल ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने, ट्रम्पलाई १०१ र ह्यारिसलाई ७१ भोट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
trump-harris-24-11-4.jpg

काठमाडौँ । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै मतगणना चलिरहेको छ । परिणाम पनि धमाधम आइरहेको छ । 

अहिलेसम्म १७ राज्यको मतपरिणाम आउँदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले १० राज्य जितेका छन् भने डेमोक्रेटिक उम्मेदवार कमलादेवी ह्यारिसले ७ राज्यमा जित हासिल गरेकी  छिन् । 

राष्ट्रपतिको निर्वाचन जित्नका लागि उम्मेदवारले कुल ५० राज्यका ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेसमम्म ट्रम्पले १०१ र ह्यारिसले ७१ भोट जितिसकेकी छिन् । 

अमेरिकी राजनीतिमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् । यसपालि पनि ह्यारिस कमजोर भएको त हैन ? भन्ने प्रश्न उठेको छ । 

यसपालि कमलाले जितिन् भने २३० वर्षे अमेरिकी इतिहासमा उनी पहिलो महिला राष्ट्रपति हुनेछिन् । 

ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्व राष्ट्रपति हुन् । संसदीय चुनावमा पनि रिपब्लिकनले अग्रता लिएको छ । 

हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले ४९ तथा डेमोक्रेटिकले २८ सिट जित्दा सिनेटमा रिपब्लिकनले ४३ तथा डेमोक्रेटिकले ३४ सिट जितेको छ ।

मतगणना गर्ने विधि राज्य अनुसार फरक फरक रहेका छन् । साथै प्रयोग गरिने उपकरण पनि फरक रहेको बताइएको छ ।

कतिपय ठाउँमा मतपत्रहरूलाई स्क्यानरमा राखिन्छ भने अन्य ठाउँमा मत रेकर्ड गर्न टचस्क्रिन प्रणाली वा मतपत्र चिन्ह लगाउने यन्त्र प्रयोग गरिएको छ ।

मतगणनाका क्रममा कुनै अवरोध भएमा, कानुनी चुनौती आएमा वा अस्थायी मतपत्रसँग सम्बन्धित कुनै समस्या उत्पन्न भएमा प्रक्रिया सुस्त हुन सक्छ । धेरै कानूनी चुनौतीहरू पहिले नै दायर गरिएको छ ।

प्रत्येक राज्यको पुनः गणनाको लागि आफ्नै प्रक्रिया छ, साथै यो किन गरिनु पर्छ भनेर यसको आफ्नै नियम र नियमहरू छन् । पेन्सिल्भेनिया र मिशिगन जस्ता स्विङ स्टेटहरूमा, प्रत्येक उम्मेद्वारले प्राप्त गरेको मतको संख्या धेरै नजिक हुँदा पुनः गणना स्वतः ट्रिगर हुने बताइएको छ ।



नयाँ