arrow

अमेरिकी राष्ट्रपतिको निर्वाचन

ह्यारिसभन्दा ट्रम्प निकै अगाडि, ५० मध्ये २८ राज्यको नतिजा सार्वजनिक, १९ राज्यमा ट्रम्पको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
harris-trump-24-9-11.jpg

काठमाडौँ । अमेरिकामा अबको केही घण्टामै आगामी राष्ट्रपति को हुने भन्ने छिनोफानो हुँदैछ । बिहान सकिएको मतदानसँगै थालिएको मतगणनाले धमाधम आइरहेको छ । 

अहिलेसम्म ५० मध्ये २८ राज्यको मतपरिणाम आउँदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले १९ राज्य जितेका छन् भने डेमोक्रेटिक उम्मेदवार कमलादेवी ह्यारिसले ९ राज्यमा जित हासिल गरेकी छिन् । 

राष्ट्रपतिको निर्वाचन जित्नका लागि उम्मेदवारले कुल ५० राज्यका ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेसमम्म ट्रम्पले १९५ र ह्यारिसले ९१ भोट जितेकी छिन् । 

अमेरिकी राजनीतिमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् । यसपालि पनि ह्यारिस कमजोर भएको त हैन ? भन्ने प्रश्न उठेको छ । 

यसपालि कमलाले जितिन् भने २३० वर्षे अमेरिकी इतिहासमा उनी पहिलो महिला राष्ट्रपति हुनेछिन् । ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्व राष्ट्रपति हुन् । 

संसदीय चुनावमा पनि रिपब्लिकनले अग्रता लिएको छ । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले १४४ तथा डेमोक्रेटिकले ९६ सिट जित्दा सिनेटमा रिपब्लिकनले ४३ तथा डेमोक्रेटिकले ३४ सिट जितेको छ ।

मतगणना गर्ने विधि राज्य अनुसार फरक फरक रहेका छन् । साथै प्रयोग गरिने उपकरण पनि फरक रहेको बताइएको छ ।

कतिपय ठाउँमा मतपत्रहरूलाई स्क्यानरमा राखिन्छ भने अन्य ठाउँमा मत रेकर्ड गर्न टचस्क्रिन प्रणाली वा मतपत्र चिन्ह लगाउने यन्त्र प्रयोग गरिएको छ ।

मतगणनाका क्रममा कुनै अवरोध भएमा, कानूनी चुनौती आएमा वा अस्थायी मतपत्रसँग सम्बन्धित कुनै समस्या उत्पन्न भएमा प्रक्रिया सुस्त हुन सक्छ । धेरै कानूनी चुनौतीहरू पहिले नै दायर गरिएको छ ।

प्रत्येक राज्यको पुनः गणनाको लागि आफ्नै प्रक्रिया छ, साथै यो किन गरिनु पर्छ भनेर यसको आफ्नै नियम र नियमहरू छन् । पेन्सिल्भेनिया र मिशिगन जस्ता स्विङ स्टेटहरूमा, प्रत्येक उम्मेद्वारले प्राप्त गरेको मतको संख्या धेरै नजिक हुँदा पुनः गणना स्वतः ट्रिगर हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ