arrow

ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
trump-24-11-6y.jpg

काठमाडौँ । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार कमलादेवी ह्यारिसलाई पछार्दै ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

उनी यसअघिको चुनावमा जो बाइडेनसँग पराजित भएको भए पनि त्यसअघिको कार्यकालमा हिलरी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति बनेका थिए । 

उनले कुल ५० राज्यका ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्नेमा त्यो भन्दा बढी भोट जितेका हुन् । उलटफेर गर्ने ७ स्विङ राज्यमासमेत ट्रम्प हावी भएपछि ह्यारिसले जित्ने कुनै ठाउँ नै नरहेको हो । ट्रम्पले २७९ र ह्यरिसले २२३ भोट जितेकी छिन् ।

योसँगै अमेरिकी २३० वर्षे इतिहासमा फेरि पनि पुरुष नै हावी भएका हुन् । अमेरिकी राजनीतिमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् । 

ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् । योसँगै उनको राजनीतिक उछाल तत्कालका लागि रोकिएको छ । 

संसदीय चुनावमा पनि ट्रम्पकै रिपब्लिकन अगाडि रह्यो ।

हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले २०१ तथा डेमोक्रेटिकले १७७ सिट जित्दा सिनेटमा रिपब्लिकनले ५१ तथा डेमोक्रेटिकले ४२ सिट जितेको छ । 

सिनेटमा रिपब्लिकनले बहुमत हासिल गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ