arrow

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
prithivisubba-gurung-minister.jpg
फाइल तस्बिर

मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । 

सञ्चारमन्त्री गुरुङले जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् ।

सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए ।

यसैगरी जिल्लास्थित सरकारी कार्यालयको अनुगमनपछि सञ्चारमन्त्री गुरुङले बेँसीसहर-चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे ।

उनले भने, “हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।”



नयाँ