arrow

लक्ष्य चुनाव जित्ने

स्थानीय तह उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन कांग्रेसको निर्देशन [भिडियो]

विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समिति’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
bishwaprakash-sharma-07-21.jpg

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकताबद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुने गरी परिचालन हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको हो । 

पार्टी महामन्त्री एवं सो समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रस्तुत हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

लोकतान्त्रिक पद्धतिप्रतिको आम नागरिकको विश्वासलाई अझै खँदिलो बनाउने गरी सो उपनिर्वाचनलाई हार्दिकताका साथ सम्पन्न गराउन बैठकले सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरेको महामन्त्री शर्माले बताए । 

उनले भने, ‘म देशभरीका पार्टी पङ्क्तिलाई अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु कि अत्यन्त संयमताका साथ, अत्यन्तै शालिनताका साथ, जिम्मेवारी बोधका साथ, परिपक्वताका साथ निर्वाचनको प्रतिस्पर्धामा सामेल बनौँ । यो निर्वाचन जित–हारको विषय मात्रै नभएर यो निर्वाचन कसरी सम्पन्न हुन्छ ? त्यसले हाम्रो राजनीतिको सन्दर्भमा एउटा सन्देश दिन्छ । त्यसैले प्रतिस्पर्धा तर उत्तिकै हार्दिकता, हार्दिक प्रतिस्पर्धा तर प्रतिस्पर्धी दलहरूसँगको, उम्मेदवारहरूसँगको उत्तिकै आवश्यक समन्वय यो बेलामा जरुरी छ । नेपाली कांग्रेसको रुख चिन्हमा मत दिएर विजयी गराउनका लागि पनि हामी अपिल गरिरहेका छौं । पार्टी पङ्क्तिलाई एकताका साथ, ऊर्जाका साथ अघि बढ्न पनि हामी अपिल गर्दछौँ । सँगैमा अन्य राजनीतिक दलहरूलाई पनि हाम्रो आग्रह छ–निर्वाचनहरू भइरहन्छन । कहिले जीत हासिल हुन्छ, कहिले हुँदैन । तर त्यो जीत हासिल गर्नका लागि आचारसंहिता विपरीतका गतिविधिहरू गर्ने, उत्तजनात्मक अभिव्यक्तिहरू राख्ने, समाजमा द्वन्द्वलाई सृजना गर्ने कर्महरू गर्ने । यसले जुन तिक्त वातावरण बन्छ, त्यसले सुसंस्कृत सन्देश दिँदैन । त्यसैले निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा सबै दलहरूले यो लोकतान्त्रिक पद्धतिप्रतिको नागरिकको विश्वासलाई अझै खँदिलो बनाउने प्रयास गरौँ ।’ 

महामन्त्री शर्माले उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधिहरू गर्ने, उत्तेजनात्मक अभिव्यक्तिहरू राख्ने कामले नागरिकको लोकतन्त्रप्रतिको भरोसा टुट्दै जाने भएकाले त्यस्ता खालका गतिविधि गर्न नहुने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ