arrow

क्वेटा रेलवे स्टेशनमा विस्फोट हुँदा १७ जनाको मृत्यु, ४६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
blast-pakistan-quota.jpg

क्वेटा । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेशनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।

क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउँदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताएका छन् ।

अफगानिस्तान र इरानको सीमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानिय समय अनुसार बिहान ८ः४५ बजे  रेलले यात्रुहरूलाई  पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।  

पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विष्फोटका घटनाहरु बढाउँदै आएको जनाइएको छ ।  

गत अगस्तमा भएका दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले  लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।



नयाँ