arrow

मुलुकमा अराजकता बढ्दै

सत्ता फासिष्ट, सडक अराजक पपुलिष्ट हुँदै जाने घनश्याम भुसालको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
ghanashayam-bhushal-07-24.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताएका छन् । मुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उनको जिकिर थियो । महासचिव भुसालले मुलुकलाई सही ढङ्गले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताए । 

घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढङ्गले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढङ्गले अघि बढाउने तर्क गर्दै उनले त्यसका लागि क्रान्तिकारी एजेन्डासहितको समूह सडकमा आउनुपर्ने समेत बताए । शनिवार काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले घुस नखाने पार्टीले मात्रै आजको लेलिनलाई पुनर्जागृत गर्न सक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउन सक्ने बताए । 

उनले भने,‘हामी कहाँ घुस नखाने व्यक्तिहरू धेरै छन् । तर घुस नखाने पार्टी बनाउनु पर्‍यो । घुस नखाने बित्तिकै मुलुक पनि त्यसै गरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, आफ्नो जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ । त्यो सिद्धान्त विकसित हुन्छ । त्यसका लागि तपाईँले साम्राज्यवादसँग लड्नुपर्दछ । आजको लेनिन त्यहाँ फेला पार्नुहुन्छ । उहिल्यै सय वर्षको लेनिन होइन, आजको लेनिनलाई पुनः जागृत गर्नुहुन्छ । यदि साँच्चै मुलुकमा कृषि, उद्योगको संरक्षण गरेर जानुपर्छ भन्ने पोलिसी लिने हो भने आजको लेनिन निर्माण हुने थियो, बन्ने क्रम शुरु हुन्छ । आजको बोल्सेविक रेभुलुशन शुरु हुन्छ । त्यसर्थ, परिस्थिति भन्ने हो भने लेनिनले भनेको त्यो क्रान्तिकारी सङ्कट रेभुलुशन क्राईसेसकै बेला छ । हेर्नुहोला–आगामी दिन सत्ता फासिष्ट हुँदै जानेछ । सडक अराजक पपुलिष्ट हुँदै जानेछ । यो बेला एउटा एजेन्डाका साथ क्रान्तिकारी एजेन्डाका साथ एउटा विश्वासिलो सानै पनि टिम सडकमा आयो भने त्यसका लागि हाम्रो भयङ्कर वस्तुगत स्थिति तयार भएको छ ।’ 

महासचिव भुसालले रुस कालिन बोल्सेविक क्रान्ति सम्पन्न गर्न पनि क्रान्तिकारी एजेन्डासहितको सडक आन्दोलन गर्ने वस्तुगत स्थिति तयार भएको दाबी समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ