arrow

सहकारीको भुङ्ग्रोमा रास्वपा

नेताहरुले नै रास्वपालाई रविको निजी कम्पनी सम्झिएपछि

डीपीले चाकडी गर्दै भने –ज्युँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
dp-aryal-rsp-81-7-25.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकै कम्पनी भएको प्रमाणित हुँदै गएको छ । लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका अवस्थामा रास्वपाका नेताहरुले निष्पक्ष छानबिन गरी न्याय दिन अदालतलाई अनुरोध गर्नुको सट्टा सरकारको प्रतिशोधमा पक्राउ गरेको भनेर आरोपलाई ढाकछोप गर्दै आएका छन् । 

उनीहरुले शनिबारमात्रै पार्टीको बैठकमा रवि कुनै हालतमा दोषी नभएको भन्दै प्रतिशोधका कारण पक्राउ परेको भन्दै रिहा नभएसम्म आन्दोलन सशक्त पार्ने निष्कर्ष निकाले ।

उनीहरुले रविलाई छानबिन सकिएर दोषमुक्त भएपछि पुनः सभापतिको पद सम्हाल्ने गरी कसैले पनि कार्यबाहक सम्हाल्ने आँट गर्न सकेनन् । यो निर्णय पनि हुन सकेन । 

हुँदा हुँदा दोस्रो चरणको आन्दोलनको थालनी गर्दै पोखरामा उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाको सभापति रहने बताएर रास्वपालाई रविको निजी कम्पनी जस्तो बनाइदिए । 

सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै अर्यालले तत्काल कसैले पनि कार्यबाहक नपाउने संकेत गरे । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यबाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो ।’

कार्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ परेका रविलाई कास्की जिल्ला प्रहरीको मातहतमा हिरासतमा राखिएको छ । उनीमाथिको अनुसन्धान जारी रहँदा कास्की जिल्ला अदालतले म्याद  थप गर्दै आइरहेको छ । 

तर अहिलेसम्म पार्टीले कसैलाई पनि कार्यबाहक तोक्ने आँट गरेको छैन । 

पार्टीमा डीपीसँगै स्वर्णिम वाग्ले उपसभापति छन् । रास्वपाको विधानमै सभापतिले तोकेका वा ज्येष्ठ उपसभापति मध्येबाट कार्यबाहक तोक्ने विधानमा व्यवस्था भए पनि अहिलेसम्म पार्टीले कसैलाई कार्यबाहक दिएको छैन । त्यतिमात्र होइन रविलेसमेत कसैलाई कार्यबाहक दिने आँट गरेका छैनन् । 

स्पष्टै छ कि रवि सजिलै छुट्ने वाला छैनन् । उनी कास्की जिल्ला प्रहरीबाट छुटे पनि रुपन्देही प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । काठमाडौँ जिल्ला प्रहरीलेसमेत सहकारी ठगीमा अनुसन्धान गरिरहेकाले उसलेसमेत पक्राउ पुर्जी जारी गर्न सक्ने अवस्था छ । 

हुनत केन्द्रीय समिति बैठकको अध्यक्षता डीपीले नै गरे । तर उनले चाकडी गरिसकेका छन् कि ज्युँदो छन्जेल सभापति रवि नै हो । 

रवि जेल पर्दा सहकारी सहितका विभिन्न प्रकरणमा आफूहरु पनि तानिने चिन्तामा रास्वपाका नेताहरु रहेको बुझ्न सकिन्छ । 

तसर्थ उनीहरुले पहिलो चरणबाट पार नलागेपछि दोस्रो चरणमा सशक्त भएर उत्रने चेतावनी दिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ