arrow

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद्- अध्यक्ष ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
chandra-dhakal-07-25.jpg

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरूले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरूले उडान शुरु गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रूपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेसँगै उद्योगी व्यवसायीहरू उत्साहित छन् । 

विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौैंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरूलाई थोरै भए पनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरूले राज्यले नीतिगत रूपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरूको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरूको भनाई छ । उनीहरूले बहाना गर्ने नभई अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । जजिरा,थाई र एयर एशियाले विमानस्थलबाट उडान नै शुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताए । उनले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको भन्दै काठमाडौँमाको विमानस्थल बिस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गरे । 

उनले पर्यटन आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताए । उनले पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल बिस्तार गर्न व्यवसायीहरूले माग गरेको बताए । उनले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरू शुरु हुने बताए । उनले भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भए पनि विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौँको लगानी डुब्ने अवस्थामा रहेको बताए । उनले भैरहवाबाट दीर्घकालीन अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक रहेको बताए । उनले भैरहवा अन्तर्राष्ट्रिय उडानले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरूको सदुपयोग हुने बताए । उनले बुटवल,पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा रहेको बताए । उनले कृषि उत्पादन विक्री लगायत धेरै क्षेत्रमा राम्रो हुने भन्दै निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको बताए । उनले सरकारले सहुलियत,सुविधा र पूर्वाधारहरू तयार बनाउन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन प्रवर्द्धन ठूलो योगदान गर्ने उल्लेख गरे । उनले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने बताए । 

उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई,एयर एसिया र जजिरा तीन वायुसेवा कम्पनीहरू उडान शुरु गरेका छन् । भैरहवाबाट विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि राम्रो विषय हो । निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएका थियांै । काठमाडौँमाको विमानस्थल बिस्तारको क्रममा भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको त्यो निजी क्षेत्रको लागि खुसीको कुरा हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन सिजनको समयमा उडान कटौती गर्दा काठमाडौं आउने पर्यटक कमी भएको छ । पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल विस्तार गर्न माग व्यवसायीहरूले गरेको हुन् । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरू शुरु हुन्छ । भैरहवा,बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएको छ । तर विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौँको लगानी डुब्ने अवस्थामा थियो । अहिले भैरहवा अन्तर्राष्ट्रिय उडान हुन निजी क्षेत्रको लागि राम्रो हो । उडानको पर्यटनसँग सम्बन्धित पूर्वाधारहरूको सदुपयोग हुने छ । भैरहवा विमानस्थलमा राज्यले दिनुपर्ने सेवा सुविधा र आवश्यक व्यवस्थाहरू छोटो समयको लागि भन्दा पनि दीर्घकालीन हुनुपर्छ । भैरहवा विमानस्थलमा जाने कम्पनीहरूलाई दिने इन्टसेन्टिभ निरन्तरता हुनुपर्छ । उडान शुरु हुँदा बुटवल,पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा छ । कृषि उत्पादन विक्री लगायत धेरै क्षेत्रमा राम्रो हुन्छ । त्यसलाई पुँजी निर्माण र व्यापारसँग जोड्न सक्नुपर्छ । निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको छ । दीर्घकालीन बनाउनको लागि आवश्यक सहुलियत,सुविधा र पूर्वाधारहरू तयार बनाउन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यो क्षेत्रको पर्यटन प्रवर्द्धन ठूलो योगदान गर्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालनको लागि सरकारले दिनुपर्छ । निजी क्षेत्रलाई दिँदा व्यावसायिक हिसाबले गुणस्तरीय सेवाका साथ चल्न सक्छ । सरकार र निजी क्षेत्र दुवैलाई फाइदा हुन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ