- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपति जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफूलाई सहकरी ठग भनिएकोप्रति आपत्ति जनाउँदै आफ्नी पूर्व श्रीमती ज्योति गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् ।
गुरुङले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानिबन गर्न सक्ने उल्लेख गरेका छन् ।
गुरुङले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै आपति जनाएका छन् ।
उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाई अनुसन्धान गर्न माग गर्दै सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गर्न आग्रह गरेका छन् ।