- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८० बारे बोल्दै उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताए । उनले सरकार सधैँ निरङ्कुश हुने भन्दै स्टक होल्डहरूसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताए । उनले सामाजिक सञ्जाल विधेयक पुनः लेखन नै गर्नुपर्ने माग गरे।
उनले भने, ‘हामी कानून बनाउँदा अत्यन्त समय लगाउँछौँ र त्यसलाई पूर्णता दिएर अघि बढ्छौँ । यो विधेयकको बारेमा कुरा गर्ने हो भने त धेरै कुरा छ । यो विधेयक त रिराइट नै गर्नुपर्छ जस्तो मलाई लाग्छ । किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ । सरकार निरङ्कुश हुन्छ भन्ने कुरा बुझौँ । स्टेक होल्डरसँग हरेक कानून बनाउँदा सरसल्लाह ग¥यौँ भने हामी तपाईँहरूले सोचेको जस्तो कानून बनाउँछौँ । सरकारले त जहिले पनि नागरिकलाई पनिस्मेण्ट दिने हिसाबले कानून बनाएको देखिरहेको छु । भइरहेको छ । कति कानूनहरु त संविधानसँग बाझिएको कानून पनि थुप्रै आएको छ । अझ विनियमहरू बनाउँदा त कानूनलाई पनि उछिनेको हुन्छ । त्यस्तो अवस्थाबाट हामी गइरहेका छौँ । तर संविधानमा जे कुरा लेखेको छ, संविधानलाई अक्षरशः पालना गरीकन कानून बनाउनुपर्ने हो । त्यसमा पनि हामी कतैकतै चुकेका छौँ । यो हामीले स्वीकार गर्नुपर्छ । स्वीकार गरेरै अघि बढ्दा हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ । सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरूसँग अत्यन्त गम्भीर छलफल आजदेखि नै प्रारम्भ भयो ।’