- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर अमेरिकाको सत्ता हातमा लिनेछन् । त्यसपछि उनी कामका लागि ह्वाइट हाउसमा आउनेछन् । तर उनकी पत्नी मेलानिया ट्रम्प पहिलो महिलाको रूपमा ह्वाइट हाउसमा बस्ने सम्भावना कम रहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार मेलानियाले आफ्नो अधिकांश समय न्यूयोर्कमा बिताउने उल्लेख छ । उनी न्यूयोर्क र फ्लोरिडामा छोरासँग नै बस्ने दाबी गरिएको छ ।
तर, प्रथम महिलाका रुपमा मेलानिया महत्वपूर्ण काममा भने संलग्न हुनेछिन् । उनी मुख्य कार्यक्रममा मात्र देखिने बताइएको छ । उनले आगामी ४ वर्षसम्म ह्वाइट हाउसबाट धेरैजसो दूरी कायम राख्न सक्ने दाबी गरिएको छ ।
राष्ट्रपति चुनावमा विजयी भएपछि डोनाल्ड ट्रम्प राष्ट्रपति बाइडेनलाई भेट्न बुधबार ह्वाइट हाउस पुगेका थिए । यस अवधिमा पत्नी मेलानिया ट्रम्प ह्वाइटहाउसमा देखिइनन् ।
जो बाइडेन र प्रथम महिला जिल बाइडेनले ट्रम्प र मेलानियालाई यो बैठकको लागि निमन्त्रणा पठाएका थिए । अमेरिकामा हालका राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउसमा निमन्त्रणा पठाउने चलन रहेको छ । यो भेटलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको शुरुआतका रुपमा हेरिएको छ ।
मेलानिया बैठकमा उपस्थित नभएपछि ह्वाइट हाउसको वक्तव्य पनि बाहिर आएको छ । बयानमा प्रथम महिला जिल बिडेनले मेलानियाको लागि आफ्नै हातले पत्र लेखेर पठाएको उल्लेख छ । तर मेलानियाले यसअघि नै बैठकमा सहभागी हुन अस्वीकार गरिसकेकी छिन् । उनले पुस्तक विमोचनका लागि निर्धारित समयतालिका भएकोले यसो हुनुको कारण बताएकी छन् ।
सन् २०१७ मा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनी र मेलानियाका छोरा ब्यारोन ट्रम्प १० वर्षका थिए । त्यतिबेला ब्यारोन स्कुलमा पढ्दै थिए । जसका कारण मेलानिया केही महिनासम्म ह्वाइट हाउस पुग्न सकिनन् । हाल ब्यारोन १८ वर्षका छन् र न्यूयोर्क विश्वविद्यालयमा अध्ययनरत छन् । जसका कारण मेलानिया न्यूयोर्कको ट्रम्प टावरमा उनीसँगै बस्ने सम्भावना छ ।
सेप्टेम्बरमा फक्स न्यूजसँगको अन्तर्वार्तामा, मेलानियाले ब्यारोनको बारेमा कुरा गर्दै उ न्यूयोर्कमै बस्न चाहेकाले आफुले सो निर्णय गर्नुपरेको बताएकी थिइन् । मेलानिया डोनाल्ड ट्रम्पकी तेस्रो पत्नी हुन्। ब्यारोन ट्रम्प दुवैका एक मात्र छोरा हुन् ।
मेलानिया सन् २०१६ मा भने ह्वाइट हाउसमा भएको बैठकमा सहभागी भएकी थिइन्
डोनाल्ड ट्रम्पले सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिको चुनाव जितेका थिए । यसपछि तत्कालीन राष्ट्रपति बराक ओबामा र प्रथम महिला मिसेल ओबामाले ट्रम्प र मेलानियालाई भेटका लागि ह्वाइट हाउसमा स्वागत गरेका थिए ।
त्यतिबेला मिशेलले मेलानियालाई आफ्नो निजी निवासमा पनि लगेकी थिइन् । मिशेल ओबामाले ह्वाइट हाउसको पहेँलो ओभल कोठामा मेलानिया ट्रम्पलाई चियाको लागि होस्ट गरेकी थिइन् ।