- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नाइजेरिया गएका छन् । शनिबार राति पुगेका उनलाई नाइजेरियाका राष्ट्रपति बोला टिनुबू अबुजाले एयरपोर्टमा स्वागत गरेका थिए ।
भारतीय कुनै पनि प्रधानमन्त्रीको १७ वर्षमा पहिलो नाइजेरिया भ्रमण भएको हो । मन्त्री न्येसोम विकेले मोदीलाई अबुजा सहरको चाबी सुम्पेका थिए । नाइजेरियामा यही विश्वास र सम्मानको प्रतीक हो ।
मोदीले आज टिनुबूसँग द्धिपक्षीय वार्ता गर्नेछन् । दुवैबीच दुई पक्षीय सम्बन्ध थप मजबुत गराउने विषयमा चर्चा हुनेछ ।
त्यसपछि मोदी राजधानी अबुजामा भारतीय समुदायका मानिसहरुको भेलालाई सम्बोधन गर्न पुग्नेछन् ।
भारतको जस्तै नाइजेरियाको सांस्कृतिक विविधता अचम्मको छ । त्यहाँ २५० भन्दा बढी जातीय समूह रहेका छन् । ५०० भन्दा बढी भाषा बोलिन्छ ।
तेल र ग्यासको विशाल भण्डार भएका कारण नाइजेरिया भारतका लागि खास रहँदै आएको छ । नाइजेरियाले नै भारतलाई ऊर्जा आवश्यकता पूरा गर्दछ ।
नाइजेरिया इस्लामिक देशहरुको संगठन (ओआईसी) र तेल उत्पादक देशहरुको संगठन (ओपीईसी वा ओपेक) को अहम् सदस्य हो ।