arrow

विवाहपञ्चमीको निम्तो दिन गएकाहरूलाई सीमामा भव्य स्वागत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
panchami-samman-min.jpg

काठमाडौँ । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट तिलक र आमन्त्रण पत्रसहित अयोध्या जान लागेका विश्व हिन्दु परिषद्का सदस्यहरूलाई भारतीय सीमानामा भव्य स्वागत गरिएको छ ।

भगवान् सीतारामको विवाहलाई लिएर पाँच सयको सङ्ख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि प्रस्थान गरेका उनीहरूलाई भारतमा भव्य स्वागत गरिएको हो । 

तिलक लिएर जाने टोलीमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत छन् । तिलक लिएर जाने समूह आज नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ