arrow

कलेजो रोगबाट पीडित ८३ वर्षीय पूर्व सभामुख ढुङ्गानाको निधन, सोमबार अन्तिम संस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
damannath-dhungana-died-81-.jpg

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा  ८३ वर्षको उमेरमा उहाँको आज दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए । 

वरिष्ठ अधिवक्तासमेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए । 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । ढुङ्गानाको भोलि अन्त्येष्टि गरिने स्वकीय शर्माले जानकारी दिए । 



नयाँ