- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
साथै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।
आइतबार निधन भएका ढुङ्गानाको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदै छ ।
त्यसअघि उनको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणमा बिहान ११ बजेदेखि राखिँदैछ । ढुङ्गानाको हिजो दिउँसो निधन भएको थियो ।