arrow

एमाले महासचिव पोखरेल भन्छन् – प्रधानमन्त्रीविरुद्ध जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
shankar-pokharel-81-5-20.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।

अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको प्रमाण भन्दै कागजपत्र सार्वजनिक गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

पोखरेलले भनेका छन्, ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।’

प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ